देश/प्रदेश
सुनचाँदीका गहना चोरिभएको १८ दिनपछि ३ जना पक्राउ
०

विराटनगर, असोज २४-
विराटनगरमा सुनचाँदीका गहना चोरेको आरोपमा तीन जना प्रकाउ परेका छन् । प्रहरीका अनुसार यही असोज ३ गते विराटनगर महानगरपालिका-१२, कामत चोकस्थित संगीता यादवको घरबाट सुन तथा चाँदीका गहना चोरीमा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
मोरङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले अनुसन्धान गर्दा विराटनगर(१२ का ३१ वर्षीय धिरेन्द्र कामतलाई चोरीमा प्रयोग भएको झोलासहित असोज २२ गते पक्राउ गरिएको थियो ।
सोधपुछका क्रममा उनले चोरीमा अन्य दुई साथीको पनि नाम खुलाएपछि प्रहरीले विराटनगर–६ बस्ने २२ वर्षीय विवेक कामत र सुनसरीको वर्जु गाउँपालिका–२ का २१ वर्षीय सुदीप कामतलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका ेछ
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























