देश/प्रदेश

टिनको छानो भएको पशु राख्ने टहरा भित्र पुरुष मृत अवस्थामा  फेला

Banner

विराटनगर , असोज २४ –

झापाको दमकमा एकजना करिब ५०-५५ वर्ष उमेरका पुरुष मृत अवस्थामा  फेला परेका छन्।

दमक नगरपालिका–७, पशुहाटस्थित टिनको छानो भएको पशु राख्ने टहराभित्र पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।बिहान उक्त टहरामा गाईवस्तुले पानी खाने नालीभित्र पुरुषको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

यसपछि इलाका प्रहरी कार्यालबाट प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार मृतकको परिचय हालसम्म खुल्न सकेको छैन। मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>