देश/प्रदेश
अवरुद्ध कटारी घुर्मी सडक खुल्यो
०

गाईघाट (उदयपुर), असोज २१ –
अविरल वर्षात्ले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गकोे कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ ।
गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो । इलाका प्रहरी कार्यालय कटारीका अनुसार सडक विभाग, प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाइएको थियो ।
सोमबारदेखि सिरहाको मिर्चैया हुँदै कटारी घुर्मी भएर ओखलढुङ्गा खोटाङ यातायात आवतजावत सञ्चालन भएकोे इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंले जानकारी दिनुभयो । उहाँले रात्रिकालीन समयमा सो मार्गमा सवारी सञ्चालन गर्न रोक लगाएको उहाँले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























