देश/प्रदेश
केही दिनअघि भएको बस दुर्घटनाका घाइते चालकको उपचारका क्रममा मृत्यु
०

विराटनगर , असोज २०-
झापाको बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टि-स्टेट अगाडिको पूर्व–पश्चिम राजमार्गमा केही दिनअघि भएको बस दुर्घटनाका घाइते चालक मुकुन्द बीकेको उपचारका क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको छ।
असोज १६ गते बिहान विराटनगरबाट काकडभिट्टा तर्फ जाँदै गरेको सगरमाथा यातायातको यात्रुबाहक बस (प्र १–०१–००१ ख ४४५९) आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका बस चालक मोरङ विराटनगर महानगरपालिका–२ निवासी रहेका छन्। अस्पतालमा उपचारकै क्रममा आज(सोमबार) दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमै राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























