देश/प्रदेश
सिन्धुपाल्चोकको सुनकोशीमा एक जना बालकको शव भेटियो
०

काभ्रेपलाञ्चोक , असोज ३ –
सिन्धुपाल्चोकको सुनकोशीमा एक जना बालकको नग्न शव भेटिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसेमा सुनकोशीको भुमरीमा १०–१२ बर्षको जस्तो देखिने बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकको प्रमुख एसपी अच्युत मजगैयाले जानकारी दिएका हुन् ।
बालकको नाम बतन नखुलेको तथा बालकलाई कुन स्थानबाट बगाएर ल्याएको भन्नेबारे खुलेको छैन् । उक्त शव प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























