देश/प्रदेश
६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता
०

इनरुवा (सुनसरी),असोज २० –
सदरमुकाम इनरुवा नगरपालिका–५ बलाहाकी ६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता हुनुभएको छ । शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दसैँको टीका लगाउन मावल हिँडेकी दाहाल शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेकोका प्रहरी उपरीक्षक केशव थेबेले बताउनुभयो । दाहाल इनरुवा–३ सखुवागाछीस्थित आफ्नो मावलतर्फ टीका लगाउनका लागि हिँडेकी थिइन् । शनिबार दिन बितिसक्दा पनि घर नफर्केपछि परिवारले खोजी सुरु गरेको छ । बेपत्ता महिलाको खोजीकार्य सुरु गरिएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























