देश/प्रदेश

सडकमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको उपचारको क्रममा मृत्यु

Banner

काठमाडौं,असोज २० –

काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई चिकित्सकले ८: ४० बजे मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार आइतबार राति करिब ८:३० बजे सडकमा लडेको अवस्थामा फेला परेका ती व्यक्तिलाई अस्पताल पुर्‍याइएको थियो । अन्दाजी ३०–३५ वर्ष उमेरका ती व्यक्तिको नाम, थर र ठेगाना खुलेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई चिन्ने हुनेहरूले प्रहरी कन्ट्रोलको १०० नम्बर वा परिसरको मोबाइल नम्बर ९८५१२८३०१२ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>