देश/प्रदेश

डोटीमा एक जना प्रहरी जवान मृत भेटिए

Banner

कञ्चनपुर , असोज १८ –

डोटीमा एक जना प्रहरी जवान मृत भेटिएका छन्।

शुक्रबार मध्यराति शिखर नगरपालिका–८ गोपघाटस्थित सडकमा प्रहरी जवान मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार मध्यराति शिखर नगरपालिका–८ गोपघाटस्थित २८ वर्षीय शंकर बलायर सडकमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्।

डोटीका डीएसपी निशान्त श्रीवास्तवले गएराति सवा १२ बजे प्रहरी जवान बलायर मृत भेटिएको जानकारी दिए हुन्। ‘शिखर नगरपालिका ८ गोपघाटस्थित केआई सिंह राजमार्गको सडकखण्डमा उनि मृत भेटिएका हुन्। हाल सडक दुर्घटनाकै रुपमा हेरिएको छ। बलायरको टाउकोमा चोट लागेको उनले बताएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी रहेका उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा प्रहरी जवानको रुपमा कार्यरत थिए।

दसैं मनाउन असोज ७ गते १८ दिनको बिदा लिएर बलायर घर आएका थिए।

शुक्रबार राति १२ः१५ मा प्रहरीलाई घटनाबारे जानकारी आएपछि अहिले घटनास्थलमा अनुसन्धानका लागि प्रहरी टोली छ। घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>