देश/प्रदेश
भारी वर्षाका कारण लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द
०

काठमाडौं , असोज १८ –
लामो दूरी र काठमाडौं भित्रिनेरबाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको हो ।
प्राधिकरणको सूचनामा ‘सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ’ ,प्राधिकरणको सूचनामा भनिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























