देश/प्रदेश
आज मिति २०८२ साल असोज १८ गते शनिबार, यस्तो छ तपाईको राशिफल

चितवन, असोज १८-
वि.सं.२०८२ साल असोज १८ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः
मेष:
सानो प्रयत्नले ठूलो काम बन्न सक्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शारीरिक तथा मानसिक सुख तथा सन्तुष्टि प्राप्त हुनेछ ।
वृष:
समय शुभ छ, उपयोग गर्नुहोला । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन अध्यापनमा राम्रो उपलब्धि प्राप्त हुनेछ ।
मिथुन:
आज समर्थकहरु बढ्नेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ ।
कर्कट:
व्यापार व्यावसायहरु अर्थकर रहने छन् । आफ्नैले समेत हतोत्साहित तुल्याउने चेष्टा गर्नेछन् । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।
सिंह:
आत्मविश्वास जाग्नेछ । नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा रमाईलो तथा सकारात्मक पक्षको योग छ । विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् ।
कन्या:
संघर्षले सफलताको उचाइमा पुर्याउन सक्नेछ । आफ्नो पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ ।
तुला:
पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुशीको वातावरण बनाउने छन् । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् ।
बृश्चिक:
आज राम्रो काम गर्न स्वास्थ्यले पनि साथ दिने छैन । आफन्तहरु संग झगडा हुनसक्नेछ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला ।
धनु:
मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ ।
मकर:
आज कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध हुनेछन् । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पनि ध्यान दिनुहोला । लामो समयदेखिको व्यवधान हट्ने देखिन्छ ।
कुम्भ:
सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाईनेछ । आयआर्जन पनि राम्रै होला । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मीन:
व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । प्राविधिक र टेक्निकल कामहरूबाट भने लाभ मिल्नेछ ।




























