देश/प्रदेश
माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु, ३ घाइते
०

सर्लाही, असाज १५-
सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु हुँदा तीन जना घाइते भएका छन्। घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको हो।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रकुमार खड्काका अनुसार आज (बुधबार) बिहान हरिपूर्वा नगरपालिका वडा नम्बर १ स्थित हर्दी खोलाकिनारमा माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर जिल्ला सोनमा गाउँपालिका ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मंसुर र ६ वर्षीया छोरी सविवा खातुनको मृत्यु भएको छ ।
यस्तै अन्य ३ जना घाइते भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























