देश/प्रदेश

आज मिति २०८२ साल असोज १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल

Banner

चितवन, असोज १५-

वि.सं.२०८२ साल असोज १५ गते बुधबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

पुराना ऋण चुक्ता गर्दै नयाँ काम सुरुवात गर्ने अवसर प्राप्त हुन सक्नेछ । सरकारी पक्षवाट पनि लाभै हुने समय छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ ।

वृषः

साहशिक कार्यबाट धनार्जन होला । साथीभाई, आफन्तसंगको भेटघाट रमाइलो हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मिथुनः

धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । आफ्नै निकट व्यक्तिबाट विश्वासघातको सम्भावना देखिएको छ । यो कुरा विचार गर्दै अगाडि बढ्नु राम्रो पक्ष हुनेछ ।

कर्कटः

आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । छोटो दुरीको यात्राको सम्भावना देखिन्छ । व्यापार व्यावसायमा वृद्धि हुनेछ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ । लेनदेनमा भने सामान्य विवाद आउने योग छ ।

सिंहः

शैक्षिक क्षेत्रमा सकारात्मक प्रगति हुनेछ । उद्योग व्यापार व्यावसाय फस्टाउने दिन रहेको छ । प्रयास गर्दा रोकिएका काम बन्नेछन् । कृषि–चौपायाबाट पनि लाभ मिल्नेछ ।

कन्याः

कार्यक्षेत्रमा अनुकूल वातावरण बन्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । दिनको उत्तरार्ध सुखद रहनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

तुलाः

मानसिक चञ्चलता तथा अस्थिरता आजको दिनमा चुनौती बन्न सक्नेछ । महत्वपूर्ण निर्णयमा धैर्यपूर्वक सोचविचार गर्नु उपयुक्त हुनेछ । परिवारजनको भरण–पोषणमा खर्च बढ्ने समय छ ।

बृश्चिकः

विद्या बुद्धिको विकास हुनेछ । जोशजांगर र हिम्मत बढेर जानेछ । परिश्रमको समुचित प्रतिफल प्राप्त हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् ।
धनुः व्यापार व्यावसाय फस्टाउला । कार्यक्षेत्रमा प्रतिष्ठा र आत्मविश्वास बढ्नेछ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । आज नसोचेको फाइदा उठाउन सकिनेछ ।

मकरः

व्यापार व्यवसायमा लगानीको समय रहेको छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्नेछ । शुभ समाचार मिल्नाले मन हर्षित हुनेछ । परिवारजन तथा बन्धु–बान्धव बीच आत्मीय भाव बढ्नेछ ।

कुम्भः

समय दिन नसक्दा काम बिग्रन सक्नेछ । आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । धैर्य र अनुशासनको अभ्यास आज उपयोगी सिद्ध हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ ।

मीनः

मान प्रतिष्ठा कमाउने बेला छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । अनुहारमा कान्ती, मनमा शान्ती छाउने छ ।

rashifal

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>