देश/प्रदेश
१४ जना यात्रु सवार रहेको ईभी गाडी दुर्घटना हुदाँ ३ जना यात्रु गम्भीर घाइते
०
रूपन्देही,असोज १२ –
बुटवलबाट गुल्मीको मुसीकोटतर्फ जाँदै गरेको १४ जना यात्रु सवार रहेको ईभी गाडी पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा दुर्घटनामा परेको छ।
पाल्पा प्रहरीका अनुसार सडकबाट ५० मिटर तल गाडी खस्दा ३ जना यात्रु गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि रिडी लगिएको छ।
दुर्घटनाको विस्तृत कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























