देश/प्रदेश

सुर्खेतमा ईभी दुर्घटनाः चालकसहित १७ जना घाइते

Banner

सुर्खेत, असाज १२-

सुर्खेतमा ईभी दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् । रत्न राजमार्गअन्तर्गत सुर्खेतको बिउरेनीनजिक आज (आइतबार) बिहान सवारी दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बाँकेको नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ११२९ नम्बरको ईभी गाडी वीरेन्द्रनगर नगरपालिका–११, ठूलो बिउरेनीमा बिहान करिब ४ः१० बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए । गाडी सडकदेखि करिब ५–६ मिटर तल खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>