देश/प्रदेश

सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द

Banner

काठमाडौँ, असोज १०-

सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस)सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्र र सवारी दर्ता सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द भएको हो ।

विभागले शुक्रबार सार्वजनिक गरेको सूचनामा भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी भएकाले प्रणाली सञ्चालनमा समस्या आएको उल्लेख छ। यस कारण सर्वर मर्मत सम्भारको काम भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवाहरू उपलब्ध नहुने विभागले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>