देश/प्रदेश

३ किशोर सवार मोटरसाइकल दुर्घटना हुँदा १ जना गम्भीर घाइते , २ जनाको घटनास्थलमै मृत्यु

Banner

जनकपुरधाम,असोज १० –

धनुषामा तीनजना किशोर सवार मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ, भने अर्का एक किशोर गम्भीर घाइते भएका छन्।

दुर्घटना बिहीबार राति साढे १० बजेतिर कमला नगरपालिका–२ स्थित खोक्साहा पुल नजिक नम्बर नखुलेको मोटरसाइकल दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा धनुषाकै जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन भने सोही ठाउँका १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन् । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमला नगरपालिका–३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका जाँदै गरेका किशोर दुर्घटनामा परेका हुन् । तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीको छ।

दुर्घटना विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>