देश/प्रदेश

दूध बोकेको भ्यान सुनकोसीमा खसेर बेपत्ता

Banner

सिन्धुपाल्चोक, असोज १०-

सिन्धुपाल्चोक दूध बोकेको भ्यान सुनकोसीमा खसेर बेपत्ता भएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बलेफीस्थित दूध बोकेको बा १२ च ६५९४ नम्बरको मारुती भ्यान आज (शुक्रबार) बिहान सुनकोसी नदीमा खसेर बेपत्ता भएको हो।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवराज खरेलका अनुसार बलेफी गाउँपालिकाकै वडा नम्बर ५ बाट दूध लिएर खाडीचौरतर्फ जाँदै गर्दा भ्यान सडकबाट अन्दाजी ५० मिटर तल सुनकोसी नदीमा खसेको उनले बताए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>