देश/प्रदेश
ऐलुङ खोलाले बगाएर १४ वर्षीया बालिकाको मृत्यु
०
ओखलढुंगा , असोज ९ –
मोलुङ गाउँपालिका-६ र खिजिदेम्बा गाउँपलिका-६ को सिमानामा रहेको ऐलुङ खोलाले बगाएर बुधबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
मोलुङ गाउँपालिका-६ नयाँवन बस्ने लक्पा शेर्पाको छोरी १४ वर्षीया निमडोमा शेर्पाको खोलाले बगाएर मृत्यु भएको हो ।
खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खिजिदेम्बा गाउँपालिका-६ ऐलुङ खोलाको किनारमा उनको शव फेला परेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























