देश/प्रदेश
जुवातास खेलिरहेको अवस्थामा नगद सहित चार जना पक्राउ
०

मोरङ , असोज ९ –
विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेश सहित चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
नगद ८५ हजार ९ सय ८५ रुपैयाँ र १ बुक तास सहित उनीहरूले प्रयोग गरेको मोटरसाइकल ३ थान समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























