देश/प्रदेश

भारतीय नागरिक सुन सहित  विमानस्थलमा पक्राउ

Banner

काठमाडौं , असोज ८ –

करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी पक्राउ परेका छन्  ।

उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट ८ सय ३५ ग्राम अवैध सुन सहित पक्राउ गरिएको प्रहरीले बताएको छ । भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा जाँच गरिएको थियो ।

प्रहरीलाई शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारमा ३ वटा डल्लामा रहेको सुन फेला परेको थियो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>