देश/प्रदेश

छतबाट खस्दा एक पुरुषको मृत्यु

Banner

विराटनग, असोज ७-

विराटनगरमा छतबाट खस्दा एक पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११, मा घरको छतबाट खस्दा एक जना पुरुषको मृतयु भएको हो ।

हिजो (मंगलबार) राति ११ः४५ बजेतिर ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल आफ्नै तीनतले घरको छतबाट खसेका थिए । गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरे ।

उनको शव हाल विराट नर्सिङ होममै राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>