देश/प्रदेश

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना, १० यात्रु घाइते

Banner

काठमाडौं, असोज ८-

काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना भएको छ। काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस कपिलवस्तुमा दुर्घटना भएको हो। दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार ३५ यात्रु सवार बस सडक किनारमा पल्टिएको छ। दुर्घटनाका घाइतेको स्थानीय सञ्जीवनी अस्पतालमा उपचार भइराखेको छ। बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>