देश/प्रदेश

महाराजगञ्जमा प्रहरीको हत्या आरोपमा काभ्रेका एक युवक पक्राउ

Banner

काठमाडौं ,असोज ७ –

जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक समातिएका छन् । प्रहरी हत्यामा संलग्न रहेको आरोपमा काभ्रेका युवराज क्यापछाकी पक्राउ परेका हुन् ।

जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो ।

उनले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो समेत सार्वजनिक भएको थियो । सोही भिडियोको आधारमा प्रहरीले क्यापछाकीलाई पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>