देश/प्रदेश

जेन-जी आन्दोलनको क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

Banner

काठमाडौँ असोज ७ –

गत भदौ २४ गतेको  जेन-जी आन्दोलनको उग्र प्रदर्शनका क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा मंगलबार ज्यान गएको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगञ्जस्थित घरमा आगजनी गरिँदा जलेर घाइते भएकी ४५ वर्षीया सोशलादेवी हजाराको मंगलबार काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनी आगजनीका क्रममा घरको छतमा थिइन् । छतमा रहेका अर्का युवक पनि जलेर गम्भीर भएका भएका थिए । उनलाई वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रको भर्‍याङको सहयोगमा बचाइएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>