देश/प्रदेश

नेपाल भाषाका वरिष्ठ साहित्यकार प्रा शाक्य अभिनन्दित

Banner

काठमाडौँ, असोज ६-

नेपाल भाषाका उन्ननयमा अतुलनीय योगदान पु¥याएवापत वरिष्ठ साहित्यकार प्रा सुवर्ण शाक्यलाई अभिनन्दन गरिएको छ । नेपाल संवत् राष्ट्रिय संरक्षण समाज र नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४५ द्वारा संयुक्त रूपमा आइतबार यहाँ आयोजित कार्यक्रममा नेपाल संवत् न्हूदँ समारोह समितियका पहिलो अध्यक्ष शाक्यलाई सगुन र फेटा गुथेर अभिनन्दन गरिएको हो । अभिनन्दनका क्रममा बौद्ध विद्वान् शाक्यद्वारा रचित बौद्ध भजन र गीत प्रस्तुत गरिएको थियो ।

दरबार हाइस्कूलको प्रधानाध्यापकका रूपमा पहिचान बनाउनुभएका प्रसिद्ध शिक्षाविद् शाक्यलाई एक समयमा सतक नाटक (दबू प्याखँ) का पटकथाकार सँगसँगै नाटकमै अभिनय गर्ने कलाकारका रूपमा समेत धेरैले स्मरण गर्ने गरेका छन् । उहाँका तीन दर्जन कृति प्रकाशित छन् । विसं १९९३ माघ १७ गते काठमाडौँको ओमबहाः टोलमा उहाँको जन्म भएको हो । नेपाल भाषा परिषद्बाट उहाँलाई ‘भाषा थुवा’ उपाधिले विभूषित गरेको छ ।

बरिष्ठ कथाकार एवम् समाजसेवी हितकरवीर कंसाकारले तत्कालीन पञ्चायत व्यवस्थामा नयाँ शिक्षा नीतिले विद्यालय शिक्षाको पाठ्यक्रममा नेपाल भाषा विषयलाई विभेद गर्दा तत्कालीन समयमा दरबार हाइस्कूलमा सुरुआत गरिएको नेपाल भाषालाई आफैंले अध्यापन गराउन बेश हुन्छ भनी शाक्यलाई सुझाव दिएको सो अवसरमा स्मरण गर्नुभयो ।

वरिष्ठ अधिकारकर्मी तथा साहित्यकार मल्ल के सुन्दरले समाजसेवी प्रा। शाक्यको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँ भाषिक अभियन्ताका साथै युवा परिचालनमा समेत अगुवाइ गर्ने व्यक्तित्व हुन् भन्नुभयो । नेपाल संवत् न्हूँद समारोह समिति – ११४५ का अध्यक्ष राजेन्द्र श्रेष्ठले भाषा र साहित्यको सम्बद्र्धनमा समर्पित शाक्यलाई नेवाः आन्दोलनको प्रतीकका रूपमा अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>