नवलपुर
रास्वपा गैँडाकोट नगर सभापति विमल घिमिरे पार्टीबाट निलम्बित
०

नवलपुर,असोज ६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटका नगर सभापति विमल घिमिरे निलम्बनमा परेका छन । । जेनजीको प्रदर्शनका क्रममा पार्टीको आचार संहिता भन्दा बाहिर रहेर विभिन्न अवान्छित क्रियाकलापमा संलग्न भएको भन्दै पार्टीको अनुशासन आयोगले निलम्बन गरेको हो ।
अर्को निर्णय नहुञ्जेलसम्मका लागि उनलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगका प्रमुख योगेन्द्र केसीले जानकारी दिए । रास्वपा गैँडाकोट नगरसभापतिको कार्यवाहक जिम्मेवारी उपसभापति नारायणप्रसाद अधिकारीलाई दिइएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय आगजनी भइरहेको स्थलमा नाराबाजी गरिरहेको भिडियो सामाजिक सञ्जालमा आएपछि घिमिरे विवादित बनेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























