देश/प्रदेश
माटो खन्न गएकी महिलाको ढिस्कोले पुरिएर मृत्यु
०

काठमाडौँ, असोज ५-
उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। उदयपुरको त्रियुगामा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको हो।
त्रियुगा नगरपालिका-६ स्थित चुरे जंगलको गेरुवा खोलामा माटो खनिरहेकी २४ वर्षीया रमिला राईको माथिबाट खसेको ढिस्कोले पुरिएर आज घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार माटो खन्ने क्रममा एक्कासी माथिबाट खसेको ढिस्कोले उनलाई पुरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























