समाचार

सुनको भाउ फेरि पुरानै उच्च मूल्यमा उक्लियो, चाँदीको मूल्यमा ‘रेकर्ड ब्रेक’

Banner

काठमाडौं,असोज ५-

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको शुक्रबार बढेको सुनचाँदीकै मूल्य आज फेरि बढेको हो। मूल्य बढेर आज सुन पुरानै उच्च मूल्यमा उक्लिएको छ। सुनको मूल्य आज तोलामा ११ सय बढेर दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य शुक्रबार तोलाको आठसय रुपैयाँ बढेर दुई लाख १६ हजार रुपैयाँ पुगेको थियो। गएको भदौ ३१ गते सुनको भाउ तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको थियो। त्यसयता घटेको सुनको मूल्य आज फेरि उच्च भएको हो।

आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ४० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय २० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>