देश/प्रदेश

आज मिति २०८२ साल असोज ५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

Banner

चितवन, असोज ५-

वि.सं.२०८२ साल असोज ५गते आइतबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेष:

आज मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरेर अघि बढ्ने समय छ । परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । एकान्तको भेटघाट र कुराकानीमा पनि निकै गोपनीयता अपनाउनु होला किनकी तपाईंको चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । रोकिएका काम बन्दै जानेछन् । दिनको उत्तरार्ध सुखद रहनेछ ।

वृष:

आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्नु होला । कार्य सम्पादनमा कठिनाई हुनेछ । घरिघरि मन अशान्त भए झैं लाग्नेछ । कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार नगर्नु राम्रो पक्ष हुनेछ ।

मिथुन:

प्रतिद्वन्द्वीले हार खानेछन् । साथीभाई आफन्त तथा स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ । पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन रहेको छ । मध्यान्नबाट वन्न लागेको काम अकस्मात रोकिएला । वेलुकी पख खटपटको सम्भावना देखिन्छ ।

कर्कट:

खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्थापन राम्ररी मिलाउनु राम्रो पक्ष हुनेछ । परिवारभित्रका सानातिना समस्याले एक–आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ । ईष्र्या गर्नेहरुले सताए पनि मिहिनेत गर्दा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

सिंह:

इच्छाशक्ति बढ्नेछ । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइनेछ । सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक नहोला । खानपानको सोखले स्वास्थ्य प्रतिकुल बन्न सक्नेछ । धोका समेत हुन सक्नेछ, सजग रहनु होला ।

कन्या:

सहकर्मी साथीहरूको सहयोगले कुनै महत्त्वपूर्ण कार्य सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्नेछ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहनु राम्रो पक्ष हुनेछ । रोकिएर वसेका काम वन्दै जानेछन् । मध्यान्नवाट कार्य क्षेत्रमा प्रगति हुनेछ ।

तुला:

मनोरञ्जन, राम–रमाइलो, घुमघाम र भेटघाटको समय छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्न सकिनेछ । अर्काको काम तथा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस मात्रै खेप्नुपर्ने देखिन्छ । महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । दिनको उत्तरार्धमा अलिक धन खर्च हुनेछ ।

बृश्चिक:

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउन सक्नेछ । पढाइ, व्यापार र आम्दानी सबैमा सुधार हुने देखिन्छ । प्रेम सम्बन्धमा मिठास बढ्नेछ । दैनिक आवश्यकता पूरा हुनेछन् । सामाजिक कामको दायित्व बढ्नेछ ।

धनु:

काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला । धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ ।

मकर:

अरुका लागि बुद्धि र समय खर्चनु पर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्नेछ । व्यापार व्यावसायमा सामान्य लाभ हुनेछ ।

कुम्भ:

जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु हुनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । पुराना समस्याहरू सुल्झने संकेत छन् । दिनको उत्तरार्धमा भने अकस्मात धन हानिको सम्भावना छ । वन्न लागेको काम रोकिएला, अलिक सजग रहनु राम्रो पक्ष हुनेछ ।

मीन:

प्रर्तिस्पर्धीहरु पछि पर्नेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

rashifal

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>