देश/प्रदेश

दाउन्ने खण्डमा दसैं अवधिभर ठूला भारवाहन सवारी सञ्चालनमा रोक लगाइने

Banner

काठमाडौँ, असोज ४-

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले चाडबाडलक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन् ।

बैठकले दाउन्ने खण्डमा चौबिसै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न निर्देशन दिएका छन् । उनले बुटवल(नारायणघाट सडकको दाउन्ने खण्डमा दसैं अवधिभर लागू हुने गरी ठूला भारवाहन सवारी (१२ चक्के र सोभन्दा माथि) सञ्‍चालन नगर्न/नगराउन अनुरोध गर्ने निर्णय भएको छ । यस्तै नारायणगढ(मुग्लिन सडकको तुइन खोलामा भएको अवरोध हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ ।

मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेका हुन् ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>