खेलकुद

श्रीलंकन क्रिकेटर वेलालगेको खेल हेर्दै गर्दा बुबाको निधन

Banner

काठमाडौं असोज ३-

एसिया कप क्रिकेट २०२५ अन्तर्गत बिहीबार अफगानिस्तानविरुद्धको खेल खेलिरहेको बेलामा श्रीलंकाका क्रिकेटर दुनीथ वेलालगेका पिता सुरङ्गा वेलालगेको हृदयाघातले निधन भएको हो।

श्रीलंकास्थित घरमा वेलालगेको खेल हेरिरहेकै बेला उनलाई छातीमा समस्या देखिएको र अस्पताल पुर्‍याइए पनि उनको निधन भएको हो ।

श्रीलंकाबाट महँगो बनेका वेलालागेले यो खेलपछि अर्को दुःखद खबर पाए । खेल श्रीलंकाले ६ विकेटले जितेको थियो । खेलपछि वेलालागेलाई श्रीलंकन अधिकारीले उनको बुवाको मृत्युको खबर सुनाए ।

२२ वर्षीय वेलालागेले बुवाको मृत्युको कारण हाल युनाइटेड अरब इमिरेट्स (यूएई) छोडिसकेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, अफगानिस्तान र श्रीलंकाबीचको खेल चलिरहँदा वेलालागेका बुवालाई हृदयाघात भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>