देश/प्रदेश

घरमा खाना खाइरहेकी महिलामाथि हतियार प्रहार

Banner

काठमाडौं, असोज २-

काठमाडौंमा महिलामाथि हतियार प्रहार भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका (७ स्थित शिव चोकमा महिलामाथि हतियार प्रहार भएको हो।

प्रहरीका अनुसार आफ्नै घरमा खाना खाइरहेको अवस्थामा सीतादेवी पन्तमाथि हतियार प्रहार भएको थियो । पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पन्तमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ । अनुसन्धानका लागि तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>