देश/प्रदेश

जन्मदिनको शुभकामना दिन ट्रम्पले गरे मोदीलाई फोन

Banner

काठमाडौं, असोज १-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले पनि ट्रम्पको शुभकामनाका लागि धन्यवाद व्यक्त गरेका छन् । बुधबार प्रधानमन्त्री मोदी ७५ वर्ष पुगेका हुन् ।

अमेरिकी राष्ट्रपतिको यो कदम भारतसँगको सम्बन्ध सुधार्ने प्रयासको रूपमा हेरिएको छ । अमेरिकाले भारतबाट अमेरिका जाने सामानमा ५० प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाएपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ । भारतले यो करलाई अनुचित भनेको छ ।

“मेरो मित्र, राष्ट्रपति ट्रम्प, मेरो ७५औँ जन्मदिनमा तपाईंको फोन कल र शुभकामनाका लागि धन्यवाद १ तपाईंजस्तै म पनि भारत–अमेरिकाको व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पु¥याउन पूर्णरूपमा प्रतिबद्ध छु,” अमेरिकी राष्ट्रपतिको शुभकामनाको जवाफमा प्रधानमन्त्री मोदीले ट्विट गर्दै भने, “हामी रूस–युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि तपाईंको प्रयासलाई समर्थन गर्दछौँ ।”

ट्रम्पले पनि प्रधानमन्त्री मोदीसँगको फोन वार्ताका बारेमा पोस्ट गरेका छन् । उनले आफ्नो पोस्टमा लेखेका छन्, “अहिले मात्रै मेरो मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो । मैले उहाँलाई जन्मदिनको हार्दिक शुभकामना दिएँ ! उहाँले धेरै राम्रो काम गरिरहनुभएको छ ।”

उनले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न मोदीको समर्थनका लागि पनि धन्यवाद व्यक्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>