देश/प्रदेश

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

Banner

जलेश्वर (महोत्तरी), भदौ ३१-

‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै युनिटबाट सेवा सञ्चालन थालिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित, दुई इलाका प्रहरी कार्यालय, १५ प्रहरी चौकी तथा अस्थायी पोष्ट गरी जम्मा ३८ प्रहरी युनिटबाट सेवा प्रवाह भएको छ ।

“सबै प्रहरी युनिटबाट पुनः जनताको कामकाज पूर्ववत् रुपमा सञ्चालन भएको छ”, उहाँले भन्नुभयो । सदरमुकाम जलेश्वरसहित १० नगरपालिका र ५ गाउँपालिकामा प्रहरीको ३८ युनिटमा सात सयभन्दा बढी प्रहरी जनशक्ति कार्यरत रहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>