देश/प्रदेश
उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा
०

लेखनाथ (कास्की), भदौ ३१ –
दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा आज मौन शान्ति पदयात्रा निकालिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यहाँका उद्योगी–व्यवसायीले पदयात्रा गरेका हुन् ।
सङ्घको सचिवालय गैह्रापाटनबाट सुरु भएको उक्त पदयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले व्यावसायिक वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।
“शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन्, व्यवसायीको आत्मबल बढाउन जरुरी छ,” उहाँले भन्नुभयो । विषम परिस्थितिमा संयमित हुन उहाँले उद्योगी र व्यवसायीलाई आग्रह गर्नुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























