देश/प्रदेश
सिभिल अस्पतालबाट ३ सय ६६ जना डिस्चार्ज, ९ जनाको उपचार हुँदै , ६ जनाको उपचारको क्रममा मृत्यु
०

काठमाडौं, भदौ ३१ –
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा घाइते भएर उपचारका लागि ल्याइएका ४ सय ६१ जना मध्ये ९ जनाको अझै सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनमा घाइते भएका ४ सय ६१ जना उपचारका लागि ल्याइएका मध्ये ३ सय ६६ जना डिस्चार्ज भएर घर फर्किएका छन्, भने ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ ।
प्रदर्शनमा घाइते भएकामध्ये ६ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । भर्ना भएकामध्ये कुल ५० जनाको शल्यक्रिया गरिँदा ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको अस्पतालको जारी सूचनामा उल्लेख छ ।
सिभिल अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























