देश/प्रदेश

भारतमा गाडी दुर्घटना हुँदा एकै परिवारका तीनसहित ४ नेपालीको मृत्यु

Banner

काठमाडौं, भदौ ३१-

भारतमा गाडी दुर्घटना हुँदा चारजना नेपालीको मृत्यु भएको छ । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका(४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । तीन जना मृतक एकै परिवारका हुन् ।

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>