देश/प्रदेश

विराटनगरस्थित भाटभटेनी सुपरमार्केट भवनमा जलेको अवस्थामा शव फेला

Banner

विराटनगगर ,भदौ ३० –

विराटनगरस्थित भाटभटेनी सुपरमार्केट भवनमा जलेको अवस्थामा शव फेला परेको छ । सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको हो ।

जेनजी आन्दोलनका क्रममा विराटनगर स्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड हुदाँ सो क्रममा लुटपाट गर्न जानेमध्ये कसैको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘शव पूर्ण रुपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ । हामीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएका छौं घटनाको थप अनुसन्धान गरिरहेका छौं ।’

आगजनीमा परि धरानमा ४ जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>