देश/प्रदेश
टिपरको ठक्करबाट चालकको मृत्यु
०

काठमाडौँ, भदौ ३०-
काठमाडौँको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा नम्बर नखुलेको टिपरले बा ४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते केसीको उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा आज मृत्यु भएको हो । दुर्घटनापछि फरार टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























