देश/प्रदेश

पाल टाँगेर सर्वोच्चले थाल्यो सेवा

Banner

काठमाडौं, भदौ २९-

प्रदर्शनकारीहरुको आगजनीका कारण क्षतविक्षत भएको सर्वोच्च अदालतमा आजबाट सेवा प्रवाह सुरु गरेको छ । क्षतविक्षत भएको अदालतमा पाल टाँगेर सेवा प्रवाह सुरु गरिएको हो ।

यसअघि सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरू हेर्न थालिने जनाएको थियो ।

सर्वोच्च अदालतले आफ्नो परिसरमा केही पाल टाँगेर प्रशासनिक र इजलास अघि बढाउनेगरी काम थालेको हो ।

इजलास शुरु भएको ६ दिनपछि अड्डाअदालतहरूमा दशैंबिदा शुरु हुनेछ । दशैंका बेलामा १५ दिन अदालतमा विदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ । तर, यसपटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरु संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेबारे छलफल गरेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>