देश/प्रदेश
प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई
०

काठमाडौँ, भदौः२९ –
पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ ।
प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकामा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाउनुभएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गर्नुभएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























