देश/प्रदेश

नवलपरासी कारागारमा १९ कैदी फर्किए

Banner

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), भदौ २७ –

नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् ।

कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताउनुभयो । “केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किदै छौँ भनेर जानकारी गराएका छन्”, उहाँले भन्नुभयो ।

कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरु आउन ढिलाइ भएको जेलर श्रेष्ठले भन्नुभयो । बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए । नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>