Breaking News
चितवन जेनजी प्रदर्शनकारीको कब्जामा, अधिकांश सरकारी कार्यालय ध्वस्त
०

चितवन, भदौ २३–
जेनजी प्रदर्शनकारीहरुले चितवन जिल्ला कब्जामा लिएका छन् ।
जिल्लाको मुख्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, नापी कार्यालयलगायतका कार्यालयहरु आगजनी गरेर ध्वस्त बनाएका छन् ।
तीन वटै सुरक्षा निकाय नेपाली, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएपनि प्रदर्शनकारीहरु भित्रै पसेर सबै कार्यालय जलाएका हुन् । प्रदर्शनकारीहरु मुख्य रोड तिर देखिएका छन् । सडकमा अहिले कतै पनि सुरक्षाकर्मी देखिएका छैनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























