देश/प्रदेश

झापामा निजामती सेवा दिवस मनाइयो

Banner

भद्रपुर (झापा), भदौः२२ –

जिल्ला प्रशासन कार्यालयको आयोजनामा आज बिहान यहाँ २२ औँ निजामती सेवा दिवस मनाइएको छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले धेरै प्रयत्न पश्चात् कर्मचारीसम्बन्धी नयाँ ऐन जारी हुने क्रममा रहेको बताउँदै कर्मचारीप्रति समाजमा रहेको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

यसैअवसरमा गत शुक्रबार वृक्षारोपण कार्यक्रमका साथै कर्मचारी ट्रेड युनियन र प्रमुख जिल्ला अधिकारीको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको थियो ।रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>