देश/प्रदेश
पैगम्बर जन्मोत्सवमा झापाका पाँच पालिकामा बिदा
०

झापा, भदौ २०-
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सवका अवसरमा आज जिल्लाका पाँच पालिकाले स्थानीय विदा दिएका छन् ।
पैगम्बर हजरतको आज १५००औँ जन्मोत्सव हो । मुस्लिम समुदायको बसोबास रहेका यहाँका मेचीनगर र भद्रपुर नगरपालिका तथा कचनकव, बाह्रदशी र झापा गाउँपालिकाले बिदा दिएको नेपाल मुस्लिम सङ्घका केन्द्रीय सदस्य अमिन अलीले जानकारी दिनुभयो ।
आज बिहानदेखि नै मुस्लिम समुदाय स्थानीय क्षेत्रका मस्जिदमा भेला भएर पैगम्बर हजरतको जन्मोत्सव लेखिएको व्यानर र प्लेकार्डसहित बजार परिक्रमा गरेर उत्सव मनाइरहेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























