देश/प्रदेश

पौवादुङमा गाउँपालिकामा प्रभावकारी बन्दै ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम

Banner

भोजपुर, भदौ १९ –

भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहेको ‘आफैँ, पाल्दै आफैँ खादै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सञ्चालन भइरहेको उक्त कार्यक्रम प्रभावकारी बनेको हो । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले यहाँका सबै छ वटै वडाका गर्भवती तथा सुत्केरीलाई एक एक ओटा भाले र दुई पोथी कुखुरा वितरण गर्दै आएको छ ।

वितरण गरिएको कुखुरालाई पालेर उनीहरुले आवश्यक रूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।

“गर्भवती र सुत्केरीको स्वास्थ्यलाई लक्षित गरेर आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम सञ्चालन भइरहेको छ,” उहाँले भन्नुभयो, “यो कार्यक्रम अन्तर्गत पोथी र भाले कुखुरा वितरण गर्दै आएका छौँ । महिलाको पोषणलाई ध्यानमा राख्दै यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

यो कार्यक्रम अन्तर्गत वर्षमा दुई पटक कुखुरा वितरण गरिेने गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । यसरी वितरण गरिएको पोथी भने उनीहरुले दुई वर्षसम्म पाल्नुपर्ने उहाँको भनाइ छ । “सुत्केरीलाई लक्षित गरेर सञ्चालन भइरहेको यो कार्यक्रम प्रभावकारी बनेको छ” उपाध्यक्ष राईले भन्नुभयो, “वितरण गरिएको कुखुरा अनिवार्य रूपमा दुई वर्षसम्म पाल्नु पर्ने हुन्छ ।”

यसअघिको सुत्केरीका लागि रहेको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०/८१ देखि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नियमित रूपमा गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई गाउँपालिकाले आवश्यक प्रोत्साहन गर्दैै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>