देश/प्रदेश
अब अबेर राति र सबेरै बिहान प्रेसर कुकरमा सिट्ठी लगाउन नपाइने
०

काठमाडौं, भदौ १९-
अब अबेर राति र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी लगाउन नपाइने भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उपत्यकावासीलाई अबेर राति र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी लाएर खाना नपकाउन ‘उर्दी’ जारी गरेको हो ।
प्रहरी कार्यालयको सार्वजनिक सूचनामा गरेर राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन ‘उर्दी’ जारी गरेको हो ।
प्रहरीले ध्वनि, धुवाँ र फोहर प्रदशुषणमुक्त छिमेकी अभियानको थालनी गर्न भन्दै जारी गरेको सूचनामा बिहान नृत्य कर्म गर्दा अनावश्यक खोक्ने–खकार्ने काम नगर्नसमेत भनेको छ ।
सूचनामा मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न र ठूलो आवाज आएमा छिमेकभन्दा पर लगेर चालु गर्न पनि भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























