देश/प्रदेश
अनुदानको मल लुकाउने व्यापारी पक्राउ
०

काठमाडौं, भदौ १८-
अनुदानको २०० बोरा मल लुकाएर राख्ने व्यापारी पक्राउ परेका छन् । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँका अनुसार उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी प्रकाउ गरिएको छ । । चौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले १२ भदौमा अनुगनमन गर्दा चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा अनुदानको मल फेला परेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























