चितवन विशेष
नारायणघाटमा लायन्सको संयुक्त रक्तदान, ६० पिन्ट रगत संकलन

चितवन, भदौ १५-
नारायणगढ लायन्स क्लबसहित ८ संस्थाको संयुक्त आयोजनामा आइतबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नारायणघाटस्थित कमलनगरमा आइतबार भएको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब अन्तराष्ट्रिय ३२५ आर का निबर्तमान डिष्ट्रिक गभर्नर (pmjf) लायन दिनानाथ न्यौपाने रहनु भएको थियो । रगत अभाव भइरहेको बेला लायन्स क्लबहरुले संयुक्त रुपमा यो कार्यक्रम गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो ।
लायन्स डिष्ट्रिक ३२५ आरका प्रथम भाईस गभर्नर (mjf) लायन प्रभाकर पंडितलगायतको महत्त्वपूर्ण उपस्थिति रहेको कार्यक्रमललाइ लायन्स क्लब अफ नारायणगढ संगमचोकले संयोजन गरेको थियो । लायन तुलसीराम सापकोटाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने सबै लायन्स क्लबका अध्यक्षहरुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
रगत अभावलाइ परिपुर्ति गर्न लायन्स क्लब अफ नारायणगढ, लायन्स क्लब अफ नारायणगढ नारायणी, लायन्स क्लब अफ बागेश्वरी, लायन्स क्लब अफ नारायणगढ संगमचोक, लायन्स क्लब अफ चितवन ग्रीन, लायन्स क्लब अफ नारायणगढ संगमचोक, लायन्स क्लब अफ संजीवनी र कमलनगर टोल बिकाश संस्थाले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा सिनियर डिष्ट्रिक कोअडिनेटर , क्लास्टर चिफ , रिजन चियरपर्सन , जोन चियरपर्सन ,क्लबहरूका पूर्व अध्यक्ष ज्युहरू , क्लबका सदस्यहरू , टोल बिकाश संस्थाका सदस्यहरू, टोलका ब्यवसायीहरूको उपस्थिती रहेको थियो ।आयोजक संस्थाहरुले प्राविधिक सहयोग गरेकोमा नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त संचार केन्द्र भरतपुरलाई धन्यवाद दिएको थियो ।

























