देश/प्रदेश

झापाका विमली नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत

Banner

झापा, भदौ १५-

ट्याली एमएसएमई हनर्षले नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्याकेजिङ प्रालिका सञ्चालक प्रज्वल विमलीलाई नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत गरेको छ । सफ्टवेयर उत्पादन कम्पनी ट्याली सोलुसन्स प्रालि बैङ्लोर भारतद्वारा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा झापा, विर्तामोडका युवा व्यावसायी विमली सम्मानित हुनुभएको हो ।

झापा साइक्लिङ सङ्घका उपाध्यक्ष एवं नेपाल अलैँची व्यावसायी महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका विमलीलाई नयाँपुस्ताका ‘स्टार्टअप’ व्यावसायीका रूपमा पुरस्कृत गरिएको हो । ट्याली सोलुसन्स प्रालिका कार्यकारी निर्देशक नुपुर गोयन्का र नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले संयुक्त रूपमा उहाँलाई सम्मान तथा पुरस्कृत गर्नुभयो ।

सो प्रालिले व्यावसायीहरूलाई विभिन्न पाँच विधामा वर्गीकृत गरीे साना, मझौला तथा सुक्ष्म उद्योगको पहिचानसहित हरेका वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । विश्वका करिब २० हजारभन्दा बढी व्यावसायीको आवेदन परेकामा २०० छनोटमा परी २५ जना नेपाली व्यावसायी पुरस्कृत हुन सफल भएका ट्याली सोलुसन्स प्राली, कोसी प्रदेशका साझेदार कम्पनी ‘आइडियल एकाउन्टिङ सोलुसन्स प्राली’का सञ्चालक राजनारायण साहले जनाकारी दिनुभयो ।

यस वर्ष उत्कृष्ट २५ व्यावसायीमध्ये अनिता तिम्सिना बस्नेत, सङ्गीता कडरिया, सृजना खड्का, सुनिता शेर्पा र सङ्गीता पाण्डे गरी पाँच महिला पुरस्कृत हुनुभएको छ । त्यस्तै अनुभवी व्यावसायीका रूपमा डा रञ्जनकुमार दाहाल, डा मनिता तिम्सिना, राजेन्द्रबहादुर सिंह, दीपककुमार झा, विनोदकुमार श्रेष्ठ, प्रकाश आचार्य र प्रत्युस आचार्य पुरस्कृत गरिएको छ ।

प्रविधि अपनाएर व्यवसाय गर्ने राजु ढकाल, रुपक शाक्य, डा सुरेशकुमार मानन्धर, दिनेशप्रसाद पौडेल र हरि ढकाललाई कम्पनीले पुरस्कृत गरको छ । सामाजिक प्रभाव पार्ने व्यावसायिका रूपमा मनोजविक्रम शाह, मनोहर कार्की, अञ्जल निरौला, सुमिता राउत र सवलचन्द साह पुरस्कृत हुनुभएको छ । ट्याली सोलुसन्स प्रालिका कार्यकारी निर्देशक गोयन्काले विगत पाँच वर्षदेखि उत्कृष्ट, सफल एवं प्रेरणादायी व्यावसायीको पहिचान गरी सम्मानसहित पुरस्कृत गर्दै आइएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>